वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कथाकार कल्पितको कथा संग्रह ‘ग्याब्रियले’ सार्वजनिक

0
कथाकार कल्पितको कथा संग्रह ‘ग्याब्रियले’ सार्वजनिक

काठमाडौं । कथाकार हरिश कल्पितको कथा संग्रह ग्याब्रियले सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कथासंग्रह ‘ग्याब्रियले’ सार्वजनिक गरिएको हो।

कल्पितकी आमा प्रेमकुमारी सुवेदी प्रकाशक रहेकी कथा संग्रह उनकै ८६औँ जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । प्रकाशक प्रेम कुमारी सुवेदी र वरिष्ठ पत्रकार भैरव रिसालले उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी तथा नवराज तिमिल्सिनाले सो कथा संग्रहका बारेमा समालोचकीय मन्तव्य राखेका थिए । कथाकार कल्पितले आमाको जन्मदिनमा दिएको यो उपहार सदैवी जीवन्त रहने वरिष्ठ पत्रकार रिसालले बताए ।

२७५ रुपैयाँ मूल्य रहेको ‘ग्याब्रियले’मा १३ वटा कथा संग्रहित छन् । ‘ग्याब्रियले’अर्थात ईश्वर नै मेरो शक्ति भन्ने यूरोपियन बालिकाको नामबाट कथा संग्रहको नाम जुराइएको र यो सत्य घटना भएको कथाकार कल्पितको भनाइ छ । लामो समयदेखि जापानमा बसेका कल्पितले त्यहाँ रहँदा प्राप्त विभिन्न विदेशी पात्रहरूको कथाव्यथा समेटेर कथा लेखिएको बताउँछन् ।

सामाजिक घटनाक्रमको यथार्थ चित्रण गरिएको कथा संग्रह ‘ग्याब्रियले’ले समाजमा घट्न सक्ने नकारात्मक घटनाप्रति सजग गराउन सन्देश दिएको छ ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै