40
Share![९ सय वर्षपछि ४० हजार भूकम्पका साथ बिस्फोट भएको ज्वालामुखी [फोटोफिचर] ९ सय वर्षपछि ४० हजार भूकम्पका साथ बिस्फोट भएको ज्वालामुखी [फोटोफिचर]](https://backend.samachardainik.com/wp-content/uploads/2021/03/Iceland-volcano-final-min.jpg)
एजेन्सी । दक्षिण–पश्चिमी आइसल्याण्डको रेकजनेस प्रायद्धीपस्थित फाग्राडाल्स्फलमा लामो समयदेखि निष्क्रिय एक ज्वालामुखी शुक्रबार राति पुनः बिस्फोट भएको छ । यो ज्वालामुखी करिब ९ सय वर्षपछि पुनः विस्फोट भएको हो ।
ज्वालामुखीको लाभाको प्रकाश आइसल्याण्डको राजधानी रेकजाभिकको बाहिरी क्षेत्रबाटै देख्न सकिन्छ, जुन करिब ३२ किलोमिटर टाढा पर्छ ।
ज्वालामुखीबाट निस्कएको लाभा सयौँ मिटर तलसम्म खसेको छ । पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ४० हजार भन्दा धेरै भूकम्प गएको थियो । यद्यपि, ज्वालामुखी विस्फोट हुन केही समयअघि भूकम्पीय गतिविधि शान्त रहेको थियो ।
शानिवारसम्ममा ज्वालामुखी केही निष्क्रिय बनेको र वरपरका बस्तीहरुमा कुनै खतरा नभएको त्यहाँका ज्वालामुखी विशेषज्ञहरुले जनाएका छन् ।