वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

नेपाल कोरोनाको दोस्रो लहरको उच्च जोखिममा-डा. पुन (भिडियो)

नेपाल कोरोनाको दोस्रो लहरको उच्च जोखिममा-डा. पुन (भिडियो)

काठमाडौं । विश्व बजार तथा छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणको दोस्रो लहर देखा परेको छ । खुला सीमानाका कारण भारतमा फैलिएको कोरोना नेपाल नआउन भन्न सकिँदैन । यसअघि पनि भारतमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि सक्रिमतको संख्या ह्वात्तै बढेको थियो । त्यसैले कोरोना भाइरसको दोस्रो लहर पनि भारतबाट नै फैलिन संक्ने हुनाले नेपाल उच्च जोखिममा रहेको छ ।

कोरोनाविरुद्धको खोप लगाएका छु भनेर ढुक्क हुने अवस्था नभएको भन्दै सतर्क रहन सरुवा रोग विशेषण डा.शेर बहादुर पुन सुझाव दिन्छन् । ‘यसअघि पनि कोरोना भाइरस संक्रमणबाट जोखिन प्रयासहरु गरिएपनि कोरोना महामारी फैलिएको भन्दै यस पटक पनि संक्रमण नहोला भन्न सकिन्न’ उनी भन्छन्, ‘सबैभन्दा उत्तम भनेको स्वास्थ्य सतर्कता हो । जुन जानेर पनि अन्जान बध्यो भने त्यो जान्नुको अर्थ हुँदैन ।’

साबुन पानीले हात धुनु, सामाजिक दूरि कायम गर्नु, मास्कको उचित प्रयोग गर्नु जस्ता जनस्वास्थ्य सजगता अपनाए कोरोना संक्रमणबाट केही हदसम्म बच्न सकिने उनले बताए ।

भारतसँगको खुला सीमाना कारण भारतमा फैलिएको कोरोना नेपालमा आउन खासै समय नलाग्ने भन्दै सरकारले भीडभाडमा नजान तथा सभा गोष्ठीहरु नगर्न अपिल गरिरहेको छ । त्यस्तै नजिकिएको होली पर्व पनि पारिवारमा मात्रै मनाउन अपिल गरेको छ ।

झण्डै ६ महिना लकडाउनको मार खेपेका नेपालीले कोरोना भाइरसलाई विस्तारै विस्तारै पचाउँदै गएका छन् । तर दोस्रो लहरको कोरोना भाइरस अझ शक्तिशाली भएको भन्ने चर्चा चलिरहँदा यसबारे डा.पुन भन्छन्, ‘कोरोनाको उच्च जोखिममा दीर्घरोगी तथा वृद्धवृद्धाहरु हुन् । तर जोसँग प्रतिरक्षात्मक शक्तिकम छ, त्यस्तालाई कोरोना भाइरसले चाँडा आक्रमण गर्छ ।’ उनी थप्छन्, ‘विभिन्न प्रजातिका भनिएका कोरोना भारतसम्म आइपुगेपछि नेपाल आउनु कुनै अप्ठेरो होइन,  त्यसैले यसलाई वेवास्ता गरेर दैनिकी क्रियाकलापमा फर्किए वा जनस्वास्थ्य नियमहरु पालना नगरे यसको न्यूनिकरणका लागि नै चुनाैती हुनेछ ।’ उनी कोरोना न्यूनिकरणका लागि नागरिकहरू सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

उनी भन्छन्, ‘हामीले नै हेलचक्राइ गर्‍ यो भने महामारी फैलिन समय लाग्दैन, अनि स्वास्थ्य कर्मी तथा स्वास्थ्यसंस्था समेत अभाव हुन सक्छ । त्यसैले बेलैमा सर्वसाधारणले यसबाट सजग हुनुपर्छ ।’

भिडियाेमा

भिडियो -दिलिप ठकुरी

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव