वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

आकाशबाट हेर्दा विश्वका प्रदुषित नदीहरु यस्ता देखिए [फोटोफिचर]

आकाशबाट हेर्दा विश्वका प्रदुषित नदीहरु यस्ता देखिए [फोटोफिचर]

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार, विश्वको एक अर्ब मानिसलाई हरेक वर्ष एक महिना पानीको अभाव हुन्छ र विश्वको एक अर्ब ६० करोड मानिस सफा खानेपानी समस्याको सामना गरिरहेका छन् ।

एकातिर राष्ट्रसंघको दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सबैका लागि पानि र स्वच्छताको आह्वान गरिरहेको छ, अर्कोतिर पृथ्वीमा पानीको अभाव बढिरहेको छ र सन् २०५० सम्ममा विश्वको आधाभन्दा बढी जनसंख्या जल–तनाव क्षेत्रमा बाँचिरहेको हुने विश्व निकायहरुको भनाई छ ।

एकातिर पानीको मुहान सुक्दै गएको छ भने अर्कोतिर सामुन्द्र तथा खोला–नदीहरु प्रदुषित बन्दै गएका छन् जसले गर्दा प्रयोगयुक्त र पिउन लायक रहेन । यहाँ केही यस्ता तस्विर प्रस्तुत गरिएको छ जसमा विश्वका ठूला नदीहरु फोहोरले दुषित बनिसकेका छन् ।

सेनेगलको पूर्वी डकार प्रायद्धीपको किनार ।

सर्बियाको प्रिबोज सहर नजिकै लिम नदीबाट बनेको ताल र त्यसबाट उत्पादिन जल–विद्युत ।

अमेरिका, ओहियोको एक्रोनमा कुयाहोगा नदीमा देखिएको प्रदुषण । यस नदीमा सन् १९६९ मा प्रदुषणका कारण आगलागी भएको थियो ।

इराकको नजाफ नजिकै अवस्थित युफ्राट्स ।

इन्डोनेसियाको जकार्ताको बाहिरी क्षेत्रमा पर्ने पिसाङ बटु नदी ।

बेलायतको डेन्टोन नजिकै रहेको टाम नदीको किनार ।

ब्राजिलको रियो दि जेनेरियोमा रहेको गउनाबारा बे नदी किनार ।

इन्डोनेसियाको बन्डुङ ।

टर्कीको उत्तर–पश्चिमी प्रान्तमा यातागन सहर नजिकैको दुषित पोखरी ।

रुसको इरकुटस्कमा रहेको बइकल ताल ।

ब्राजिलको साओपाओलो स्थित टाइट नदी ।

दुषित मेक्सिको सिटी ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना