12
Share
काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा निर्मित करिडोर व्यवस्थापनका लागि छुट्टै ट्राफिक प्रहरीको व्यवस्था गरेको छ । करिडोर सडक व्यवस्थापनका लागि ३४ जना ट्राफिक प्रहरीलाई परिचालन गर्न लागिएको हो ।
मुख्य सडकमा ट्राफिक चाप बढेपछि सहजताका लागि करिडोरका व्यवस्था गरिएको तर ती करिडोहरुमा पनि अव्यवस्थित पार्किङका कारण हुने गरेको जामलाई उनीहरुले हटाउनेछन् । विशेष गरी उपत्यकाको मुख्य विष्णुमति, वाग्मती, धोबीखोला र मनोहरा करिडोरको जामलाई उनीहरुले व्यवस्थित गर्नेछन् ।
१७ वटा मोटरसाइकलमा ३४ जना करिडोल व्यवस्थापनका लागि हिड्नेछन् । उनीहरुले करिडोरमा हुने अव्यवस्थित पार्किङ र अवरोधलाई हटाउने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।