3
Share
हेटौँडा । माघ ९ गते स्थगत बनेको बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक चैत २४ गते बस्ने भएको छ । गत माघ ७ देखि सुरु भएको बैठकमा माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि छलफल गरेपछि बैठक स्थगित बनेको थियो । आज बसेको कार्य परामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेसँगै आगामी बैठक २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार मुख्यमन्त्री पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुनेछ ।
मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव १८ गते फिर्ता लिएको थियो ।