वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

देश हराएको सूचना ...

देश हराएको सूचना ...

रोग मेरा लागि खाना जस्तै भइसक्यो
मैले रोगलाई खादा खादा रोगले मलाई नै खाइसक्यो
औषधि त कल्पना गर्ने मात्रै हो
औषधि र म
सुर्य र जुन जस्तै छौँ
एकै ब्रमाण्डमा छौँ
एक अर्कोलाई देख्छौ,सुन्छौ तर
भेट भने हुँदै हुदैन
म त कर्णालीको मान्छे
एक चक्की औषधि खान जहाज चढेर आउनुपर्छ
साच्चै कति धनी छौँ है हामी
एक चक्की खान जहाज चढेर आउछौँ
यो देशको सरकार जस्तै
हामी यो देशको विदेशबाट जहाजमा देश आउँछौँ
सरकार देश देश छोडेर अर्को देश जान्छ
ए मेरो हितैषि मित्र रोग
औषधिलाई सुनाइदेन
यो मान्छे बस्ने ठाउँबाट देश हराएको छ ।

स्कुलमा राष्ट्रियगान गाउदा राष्ट्रको अनुभूत हुन्छ
किताबको पाना पल्टाउदा राष्टको अनुभूत हुन्छ
महसुस गर्छौं देशको तर कहि कतै देखिदैन
साच्चिकै अरुबेला यो देश हाम्रा लागि भुत हुन्छ ।
म त कर्णालीको मान्छे
मैले नयाँ किताब पाउन देख्न
राति किताबको सपना देख्नुपर्छ ।।
पुरानै गाथा च्यात्तिएको किताब समातेर
नयाँ नयाँ सपना पढ्नुपर्छ ।।
कर्णालीतिर किताब र कछुवाको गति उस्तै उस्तै छ
पुग्न त पुग्छ तर कहिले
सायद किताबले माया मारेर होला
सरस्वती पनि परपर भाग्दै छिन ।।
मैले एक सरकारी पानाका दाना पाउन
वर्षौ वर्ष कुर्नुपर्छ ।।
ए मेरा मोती भन्दा अमुल्य पानाका दाना
सुनाइदेन यो देशको सरकारलाई
म बल्लतल्ल पुग्ने ठाउँमा वर्षौदेखि देश हराएको छ ।।

म त कर्णालीको मान्छे
ब्याउने हुँदा पनि अस्पताल
हिडेरै या डोकोमा जानुपर्छ
म अस्पताल पुग्दासम्म
कि म रहन्न कि मेरो बच्चा रहन्न
अस्ति आईति दिदी ब्यथाले छटपटाईरहँदा
सरकार भाषण गर्दै थियो
अब उपचार बिना कोही मर्नु पर्ने छैन
सुनाईदेउ कसैले यो देशको सरकारलाई
सरकार कर्णालीतिर उपचार नपाएर मर्दैन्न
पीडा सहन नसकेर पीडा आफैले आत्माहत्या गर्छ

म त कर्णालीको मान्छे
पोषिलो खान नसकेर
पोषणले मलाई नै खाईदिएछ
र त म
देशको अरु ठाउँको बच्चा भन्दा हलुका छु
सरकारलाई सुनाईदे यहाँ धेरै हावा चल्छ
सरकार यसबेला हावाबाट बिजुली निकाल्ने कुरा गर्नेछ
यता मेरि आमा मलाई डोरीले बाध्नु भएको छ
ता कि हावाले मलाई नउडाओस् भनेर
यदि म केही गरि बाँचिहाले भने
मेरा परदेश गएका बालाई सोध्नु छ
बा देश निको कि परदेश
सायद बाको उत्तर हुनेछ
छोरा हाम्बोतिर हाम्रोतिरे पनि देश छ र
हामी त देश भित्रको विदेशी हौँ
छोरा यहाँ त पुर्खौ देखि देश हराएको छ ।।

म त सबैभन्दा बढी पानी भएको ठाउँको मान्छे
त्यसैले होला आँखा कहिल्यै ओभानो भएनन्
म त सबैभन्दा ठुलो ठाउँको मान्छे
त्यसैले होला यो देशले हेर्न नभ्याएको
म त दुःखै दुःख भएको मान्छे
सरकार खुसी भएर होला फेरि दुःख हेर्न चाहदैन
यो देशको सरकारलाई सुनाईदेउ
अस्तिको चुनाव यिनै हातले हो जिताईदिएको
अबको चुनावमा कसरी छाप लगाउला
यो देशको सरकारको चुनाव चिन्हमा छ
जहाँकि कर्णालीको माटोमा देश खोज्दा खोज्दै
हातका औलाका छापहरु मेटिसके
औलाहरु खिएर टुशा मात्रै बाँकी छन
सरकार भनी दे न कि म
खुट्टाले छाप लगाउ
छाप लगाउदा खुट्टाले भन्नेछ चुनाव चिन्हलाई
हेर कर्णालीको माटोबाट देश हराएको छ ।

कर्णालीमा नेपालको ने मात्रै प्रयोग हुन्छ पाल हुँदैन
जस्तै हेप्ने,चेप्ने,छेक्ने,देख्ने आदि आदि
पालको काम त
घाम लाग्दा छहारी दिने
झरी पर्दा ओत दिने होइन न र
किन नेपालको पालले दुबै दिएन
त्यसैले सरकार अब देखि कर्णालीका
देशको नाम ने राखिओस्
हजुरहरु कतै काठमाडौंको बाटोमा हिन्दा
सरकार देख्नु भएमा
सुनाईदिनु कि सरकार यो देशको कर्णालीमा
देश हराएको छ ।
मन्त्री ज्यु साच्चै देश देशबाट हराएको छ ।

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव