
कामठाडौं । दैनिक नुहाउँदा शरीर एकदमै फ्रेस हुन्छ । नुहाउँदा शरीरमा भएको व्याक्टेरिया मात्र हट्दैन । शरीरमा स्फूर्ति पनि ल्याउँछ । नुहाउँदा शरीरमा उर्जा बढ्छ साथै आलस्य कम हुन्छ ।
नुहाउँदा केही कुरामा ध्यान दिइयो भने पीडा तथा तनाव कम हुने सम्भावना धेरै हुन्छ । धेरैजसो मानिसहरु नुहाउँने समय सबैभन्दा पहिला टाउकोमा पानी हाल्छन् । यसो गर्दा दिमागका नसाहरुमा क्षति पुग्ने सम्भावना धेरै हुन्छ ।
त्यसैले हामीले नुहाउँने क्रममा सबै भन्दा अगाडी पानी खुट्टामा हाल्नुपर्छ । यसो गर्दा पानीको तापक्रम थाहा हुनुको साथै तनाव अनि पीडा पनि कम हुन्छ । यदि धेरै तनाव महसुस भएको समयमा नुहाउँदै हुनुहुन्छ भने टाउकोलाई अगाडी झुकाएर गर्धनमा पहिला पानी हाल्नुपर्छ यस्तो गर्दा पनि तनाब कम हुन्छ ।
हामीमध्ये धेरै कुनै पनि समय नुहाउँन तयार हुन्छौँ । तर नुहाउँने पनि एउटा समय हुन्छ । खाना तथा खाजा खाने विक्तिकै नुहाउँनु हुँदैन । आयुर्वेदको अध्ययन अनुसार खाना तथा खाजा खाने वित्तिकै नुहाउँने बानी भएको मानिसहरु पाचनपक्रिया सम्बन्धिका रोगहरु उत्पन्न हुन्छ ।