वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

जापानमा यस वर्ष फुलेको ‘साकुरा’ जसले जलवायु संकटको चेतावनी दिन्छ [फोटोफिचर]

जापानमा यस वर्ष फुलेको ‘साकुरा’ जसले जलवायु संकटको चेतावनी दिन्छ [फोटोफिचर]

एजेन्सी । जापानी भाषामा ‘साकुरा’ भनिने चेरीका रुखहरु यस वर्ष समयभन्दा अघि नै ढकमक फुलेका छन्, जो विश्वको बढ्दो जलवायु संकटसँग जोडिएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ ।

प्राचीन राजधानी क्योटोमा यस वर्ष चेरी मार्च २६ मै ढकमक फुल्यो, यो औसत समयभन्दा १० दिनअघि र सन् १९५३ देखि सरकारी रकेर्डमै छिटो फुलेको छ । यस्तो हुनुमा पृथ्वीको बढ्दो तापक्रम कारक रहेकाले यसले जलवायु परिर्वनको चिन्ता बढाएको छ ।

‘रुख–बिरुवाको जीवनमाथि हाम्रो अध्ययनमा वसन्त ऋतुको घटनाहरु, जस्तै चेरी र आलुबखडा फुल्नु, चाँडै भए वा सरद ऋतुमा यी घटनाहरु ढिलो भएमा बढ्दो तापमानको प्रवृत्तिलाई दर्शाउने हामे धारण रही आएको छ,’ जापान मौसम विज्ञान विभागका एक अधिकारी शुन्जी अम्बे भन्छन् ।

राजधानी टोक्योमा चेरी ढकमक फुल्ने समय समय एप्रिल २ हो, तर यस वर्ष २२ मार्चका दिन नै चेरी ढकमक फुल्यो । जापानी प्राचीन कविता र ऐतिहासिक रेकर्डको अध्ययन गर्ने विद्धानहरुका अनुसार, पछिल्ला शताब्दीहरुमा जंगली प्रजातीका चेरीहरु पनि चाँडै फुलेका छन् ।

यस वर्ष पनि ‘जापानको साकुरा सिजन’मा स्थानीय तथा आन्तरिक पर्यटकहरु निक्कै रमाएका छन्, तर महामारीका कारण विदेशी पर्यटकहरुलाई भने जापान भित्रिन दिइएको छैन । तस्विर श्रोत : एएफपी

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव