1
Share
काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो पहिलो खेलमा ललितपुर मेयर ११ र एपीएफ भिड्नेछन् भने दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।
पहिलो खेलमा जारी प्रतियोगितामा अपराजित एपीएफले एक जित र एक हार ब्यहोरेको ललितपुर मेयर्सलाई हराउँदै लगातार तेस्रो जित निकालेर फाइनलमा स्थानमा सुरक्षित रहने योजनामा हुनेछ। त्यस्तै ललितपुर आफ्नो दोस्रो जितको खोजीमा हुनेछ।
त्यस्तै आजै हुने दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। एक जित र एक हार ब्यहोरेका दुबै टोली फाइनलको होडमा कायम रहन जितको खोजीमा हुनेछन्।