वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

प्रचण्डले गृहमन्त्री थापालाई भने– मलाई मार्न बम पड्काउने र गद्दार भन्नेलाई माया गर्दा धोका पाएँ

देश र जनताप्रति दायाँवायाँ गर्दिन

प्रचण्डले गृहमन्त्री थापालाई भने– मलाई मार्न बम पड्काउने र गद्दार भन्नेलाई माया गर्दा धोका पाएँ

रूकुम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका उपलब्धीमाथि षडयन्त्र जारी रहेको बताएका छन्। रुकुममा आयोजित आमसभामा उनले काठमाडौंमा बसेर लडेको लडाइँले त्यति साथ नदिएको र जनताको घरमा गएरपछि मात्रै साथ पाएको भएको बताए । उनले गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेतालाई संरक्षण गरेर धोका पाएको बताएका छन् ।

‘७० को निर्वाचनमा बम प्रहार गरे । म केही सेकेन्डले बाँचेको थिए । मलाई गद्दार भन्नेलाई गृहमन्त्री बनाए । केही नभएकालाई स्थायी समितिको सदस्य बनाएर पार्टीमा स्थापित गराएँ । त्यो गल्ती गरे भन्ने ठानेको छु,’ प्रचण्डले भने,‘हेडक्वाटरमा बसेर घेराउ हाल्नेहरूका कारण हिजो जनयुद्धमा योगदान गर्नेहरू ओझेलमा परें । अब म त्यसो हुन दिन्नँ ।’

अध्यक्ष प्रचण्डले सिंहदरबारमा बसेर सत्ता समिकरणमा लाग्दा हारेको पनि बताएका छन् । उनले प्रचण्डसँग त्यति तागत छैन भनिरहेको भएता पनि जनता आफ्नो साथमा रहेको बताए ।

‘म रूकुमका जनतासँग थोरै आत्मआलोचना गर्छु । जनताका अघि गरेका बाचा कबुल विर्सने छैन । देश र जनताप्रति दायाँवायाँ त गरिनँ । गर्न पनि सक्दिनँ,’ प्रचण्डले भने,‘जस्तोसुकै अप्ठ्यारो पर्दा पनि बचाउन खोज्ने ओझेलमा परेको र जाली फटाहाहरू माथिमाथि आएका छन् । अब जनयुद्धमा योगदान गरेकालाई साथमा लिएर अघि बढ्छु । थोरै समय काठमाडौं धेरै समय जनताको घरमा रहन्छु ।’

अर्को पटक आउँदा रुकुमका वडावडामा घुमेर विकासका मोडल हेर्ने पनि बाचा गरे ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव