वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पोखरेल नियुक्त

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पोखरेल नियुक्त

काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।एशोसियसनको मंगलबार भएको १५ औँ वार्षिक साधारणसभामा एशोसियसन उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा बोधराज देवकोटा, कोषाध्यक्षमा प्रविण बस्नेत चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नविन सुवेदी र उमेश कुमार आचार्य चयन भएका छन् ।सभाले आव २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७७÷०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

१५ सदस्य विकास बैँकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुबीचको निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्गः भौतिक प्रगति ६३ प्रतिशत