
काठमाडौँ । ‘मिस कोर्पोरेट नेपाल–२०२१’ प्रतियोगिता आगामी असारमा हुने भएको छ ।अनुजा मिडियाले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न पेशामा आवद्ध भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केही फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गरुन भन्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको जनाएको छ ।
कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले भनिन्–कुनै पनि पेशामा आवद्ध भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने उद्देश्उले कार्यक्रम गर्न लागिएको हो ।सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम पनि हो ।’
नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताले कुनै पनि पेशामा आवद्ध महिला भएर पनि आफ्नो प्रतिभा प्रदर्शन गर्न नपाएका महिलाहरुलाई यस सौन्दर्य प्रतियोगिताले मद्दत गर्ने अध्यक्ष आचार्यको भनाई छ । उनले भनिन– ‘भर्खरै मात्र स्नातक गरी कार्पाेरेट क्षेत्रमा आवद्ध हुन चाहाने महिलाले पनि यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।’
आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने छ । उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले ‘मिस कर्पाेरेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
फोटोग्राफी : प्रेम पन्थी