वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

एएफसी कप २०२१–आर्मीले श्रीलंका पुलिससंग भिड्दै

एएफसी कप २०२१–आर्मीले श्रीलंका पुलिससंग भिड्दै

काठमाडौं । एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ ।

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह डी स्थान बनाउने छन् । समूह डी मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव