वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

शहरको तनाव बिर्साउन जाँऊ सरर.... सौराह

शहरको तनाव बिर्साउन जाँऊ सरर.... सौराह

देशको राजधानी काठमाडौं शहर । यहाँको जीवन, शहरजस्तै अस्तव्यस्त नै बन्न पुगेको छ । अझ कोभिड–१९ को महामारीले निम्त्याएको संकट र तनावले त काठमाडौंबासीको जीवनलाई झनै अस्तव्यस्त बनाईदिएको छ ।

यतिवेला उपत्यकामा मेलम्चीको पानी धारामा खस्दा काठमाडौं बासीको मनमा केही शितलता त प्राप्त भएको छ । तर धुलाम्य सडक, अत्यधिक सवारी साधनको चापले निम्त्याएको घण्टौको ट्राफिक जाम, महंगी र व्यस्त कार्यशैलीले गर्दा शहरका बासिन्दालाई थकानको अनुभूति सहित निधाउनु दैनिकी नै बनेको छ । केही दिनका लागि मात्र भएपनि राजधानीबासीलाई यसबाट छुटकारा पाउने यात्राको लागि नजिकको उत्कृष्ट गन्तव्य हो सौराह, चितवन ।

मोटर बाटो हुँदै करिब चार घण्टाको यात्रामा पुगिने सौराह हवाईजहाज मार्फत भने केवल १५मिनेटको उडान बाट पुग्न सकिन्छ । हवाईजहाज बाट छिटो पुगिने भएपनि मोटरबाटो हुँदै जानुमा यात्राको रामाइलो अझै धेरै लिन सकिन्छ । माछाको लागि प्रख्यात ठाँऊ धदिङको मलेखुमा तारेको माछा र गोलभेडाको अचार संग तातो–तातो आलुचप खाँदै यात्रा गर्दाको आनन्द थप गजबको हुन्छ । काठमाडौंको धुलो, धुवा र बागमती बिष्णुमतिको

फोहरको दृश्य नियाल्न बाध्य आँखाले त्रिशुलीको कञ्चन पानी हेर्दै पानी संगै बहेको चिसो हावाको स्पर्ष अनुभूत गर्दै यात्राको गर्नुको रमाइलो अन्यत्र कहाँ पाइन्छ र !?

 

राजमार्गको दायाँ बायाँ बाटो बाटोमा झुण्डाइएर राखिएको पहेलपुर पाकेका केराका घरी, पोलेको मकै, लोकल कांक्रो अनि पहराबाट झरेको झरनाको पानी खाँदै यात्रा गर्दा वालापनको दैनिकिलाई सम्झनामा ताजा गराईदिन्छ ।

सौराहाको रमाइलो लिन थारु जातिको मौलिक परिकार खाना छुटाउन हुँदैन । उनिहरुले बानाउने परिकारहरु जस्तै सितुवा, घुगी, चिचर (भत्कुन), हाँसको मासुलगायतका परिकारको स्वादले यात्राको स्वादलाई अझै चाखिलो बनाईदिन्छ ।


सौराहा यात्राको अर्को स्वर्गीय आनन्द त्यहाँको जंगल यात्रा हो । पैदल हिडेर, हात्ति सवार वा मोटर चढेर गर्न सकिने जंगल सवारीमा प्राकृतिक रुपमा रहेको जंगली जनावर, चराचुरुंगिहरुको दृश्यले साँच्चै जो कोही यात्रुलाई आनन्दित बनाईदिन्छ ।

बोटिङ, हात्तीको स्नान, थारु साँस्कृतिक नाँच, वन्यजन्तुको अवलोकन र घुमफिर तथा सूर्योदय र सूर्यास्त यहाँका मुख्य आकर्षणहरू हुन् ।


थारु सङ्ग्राहलय, हात्ती प्रजनन् केन्द्र, देवघाट (हिन्दु आराध्य स्थल), बीस हजारी ताल जस्ता स्थानहरू अवलोकनका लागि निकै महत्वपुर्ण ठाँऊहरु हुन भने थारु सांस्कृतिक नाँच हेर्दा सौराहको साँझ थप मस्तको अनुभूती हुन्छ ।

सौराह, चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार हो । गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायतका ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू साथै विभिन्न किसिमका चराहरु पाईने यस निकुंञ्जको यात्रामा प्राकृतिक सौन्दर्यको मनमोहक दृष्य सोपान गर्ने अवसर मिल्दछ ।

२०३० साल (सन् १९७३०) स्थापना भएको चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. रहेके छ । घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर पनि यहाँ पाइन्छ । बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका कारण सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

प्रदेश नं. २ ,बाग्मती प्रदेश र गण्डकी प्रदेशका चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो ।

 

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु