10
Share
काठमाडौं । मिसेस श्रीलंकाको मञ्चमै झगडा भएको छ।विजेता प्रतिस्पर्धीको शिरमा पहिराइएको ताज नै खोसेर फर्स्ट रनरअपलाई लगाइ दिएपछि विवाद झगडा हो
यसरी मञ्चमै झगडा भएपछि विजेता पुष्पिका भिसिल्भाको शिरमा चोट लागेको बीबीसीले जनाएको छ।
विजेता घोषणा भएको केही बेरमै सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसेर सेकेन्ड रनरअपलाई लगाइदिएकी थिइन्। आफ्नो ताज स्टेजमै खोसिएपछि डिभिल्भा रुँदै स्टेजबाट बाहिरिएकी थिइन्।
वास्तवमा यस सुन्दरी प्रतियोगितामा विवाहित तथा सम्बन्धविच्छेद नभएकी महिलाले मात्र भाग लिन पाउँछन्। तर सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै उनलाई दिइएको उपाधि पूर्वविजेताले खोसेकी थिइन्।
तर यतिबेला डिसिल्भाको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्। यसै मिसेस श्रीलंका आइतबार सम्पन्न भएको हो ।