4
Share
काठमाडौं । बलिउड अभिनेता सोनू सूदको नाममा ठगी गर्ने एक जना पक्राउ परेका छन् । अभिनेता सोनुको नाममा गरीब जनतालाई ठगी गरिरहेको आरोपमा तेलंगाना प्रहरीले चन्दन पाण्डे नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेको हो ।
कोरोना महामारीमा रोक्न लकडाउनका कारण समस्यामा परेका भारतीय नागरिकहरूलाई सहयोग गरेका कारण जनताको प्रिय बनिरहेका सोनुको छविलाई गलत रूपमा प्रयोग गरेर ठगी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार आरोपित व्यक्तिले सोनूको बैंक खाताबाट ६० हजार रुपैयाँ निकालेको भेटिएको छ । प्रहरीसँगको बयानमा आरोपितले पैसा झिकेको स्वीकार गरिसकेका छन् ।