वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

नेप्सेमा सामान्य गिरावट, बुधबार ७ अर्ब २६ करोडकाे काराेवार

नेप्सेमा सामान्य गिरावट, बुधबार ७ अर्ब २६ करोडकाे काराेवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । यो हप्ता लगातार बढीरहेको नेप्से बुधबार भने ब्रेक लागेको हो । आज परिसूचक २.८५ अंकले घटेर २६७१.६१ बिन्दुमा कायम भएको हो ।

मंगलबार २६७४ अंकमा रहेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्सेले बुधबार भने ०.११ प्रतिशतले घटेको हो ।

आज २१५ वटा कम्पनीको एक करोड ६३ लाख ६६ हजार कित्ता सेयर ७५ हजार २६५ पटक खरिद–बिक्री हुँदा सात अर्ब १४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

पाँच कम्पनीको मूल्य करिब ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्यमा उच्‍च वृद्धि रह्यो ।

जसमध्ये बैंकिङ समूह ५.२३ अंक, होटल तथा पर्यटनमा २३२ अंक, विकास बैंक ४० र माइक्रोफाइनान्स १०७ अंकले बढेका छन् । त्यस्तै व्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटेको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव