वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

कोरोना अपडेटः ३३९ नयाँ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै १६३ जना थपिए

कोरोना अपडेटः ३३९ नयाँ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै १६३ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल अधिराज्यभर थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ । यसअघि मंगलवार (हिजो) नेपालमा २६० संक्रमित थपिएका थिए भने सोमवार २ सय ६६ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तथ्यांक छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय परीक्षण भएको र १ हजार ४० को एन्टीजोन परीक्षण गरिएको हो । जसअनुसार पीसीआर परीक्षणबाट २ सय ९८ र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या कम रहेका छन् । पछिल्लो २४ घण्टामा जम्मा ७४ जना मात्रै कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म दुई लाख ७३ हजार ५२९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लाे २४ घण्टामा कोभिडको कारण दुई जनाको ज्यान गएको छ । याेसँगै नेपालमा हालसम्म तीन हजार ३८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा २२ सय १ जना आइसोलेसन र ६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ९८ हजार १६७  पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १३२, भक्तपुरमा २६ र ललितपुरमा ५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव