वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज महिला र पुरुष दुबै तर्फको फाइनल खेल हुनेछ ।

महिलातर्फको फाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलाको फाइनल खेल ११ः३० बजे सुरु हुनेछ ।

दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । न्यु डाईमण्ड लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । पुलिस दोस्रो स्थानमा रहदै उपाधि नजिक पुगेको हो ।

पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पुरुषको फाइनल खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव