वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

युरोपियन च्याम्पियन्स लिग– चेल्सी र पिएसजी विजयी

युरोपियन च्याम्पियन्स लिग– चेल्सी र पिएसजी विजयी

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन पिएसजी विजयी भएका छन् ।

पोर्चुगलमा भएको खेलमा चेल्सीले एफसी पोर्टालाई २–० ले हरायो । चेल्सीका लागि मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । जर्मनीमा भएको खेलमा घरेलु टोली वायर्न म्युनिखलाई फ्रान्सको पिएसजीले ३–२ ले पराजित गर्‍यो ।

पीएसजीका लागि किलियन एम्बाप्पेले दुई तथा मार्कीनोजले एक गोल गरे । वायर्नका छुपो मोटिङ र थोमस मुलरले एक एक गोल गरेका थिए ।
गएरातिका खेलमा अवे जित हात पारेका चेल्सी र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेका छन् । पराजित टोलीहरू बायर्न म्युनिख र पोर्टो भने दोस्रो लेगको खेलपूर्व दवावमा आएका छन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव