वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

प्रधानमन्त्री ओलीको गृहजिल्लामै सत्तानिकट प्रेस चौतारी पराजित

प्रधानमन्त्री ओलीको गृहजिल्लामै सत्तानिकट प्रेस चौतारी पराजित

 

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाल पत्रकार महासंघं झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ । तीन वटा संगठन र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरुको संयुक्त प्यानलले प्रधानमन्त्रीको गृहजिल्लामा नै उनी निकट प्रेस चौतारीलाई हराएको छ ।

अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मतमात्र प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन् ।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् ।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका छन् ।

समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

दलित सदस्य पदमा १४० मतसहित संयुक्त प्यानलका रञ्जित परियार विजयी भए का छन् । किशोर उपरकोटीले ९८ मतमात्र प्राप्त गरे ।
खुला सदस्यहरूमा चिरञ्जीवी घिमिरे, द्रोण अधिकारी, मनिषा चम्लागाई, विनोद पाण्डे (कमल), शुष्मा राजवंशी र होमप्रकाश अधिकारी विजयी भएका छन् ।

ओली निकट प्रेस चौतारीबाट विजयी हुनेहरुमा आदिबासी÷जनजाति सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुबेदी, अनिल वाग्ले र सुनिरा मैनाली छन् ।

२६३ मतदाता रहेको झापामा २५६ मत खसेको थियो । केन्द्रीय समिति र प्रदेश समितिको भने मतगणना हुन बाँकी छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव