वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

म्यानमारका चर्चित मोडल तथा अभिनेता तखोन पक्राउ

म्यानमारका चर्चित मोडल तथा अभिनेता तखोन पक्राउ

एजेन्सी । म्यानमार सेनाले त्यहाँको एक सर्वाधिक चर्चित मोडललाई पक्राउ गरेका छन् ।

मोडल तथा अभिनेता पाइङ तखोनलाई अनलाइन तथा र्यालीमा सक्रिय भएको आरोपमा सेनाले पक्राउ गरेको बिबीसीले जनाएको छ ।

म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेपछि त्यहाँ नागरिक आन्दोलन भइरहेको छ भने सेनाले आन्दोलनलाई दबाउन बल प्रयोग गरिरहेको छ । पछिल्लो समय म्यानमार सेनाले आन्दोलनको समर्थनमा उत्रिएका कलाकार तथा हस्तीहरुलाई पक्राउ गरिएको छ ।

अभिनेता तखोनकी दिदी थि थि ल्विनको फेसबुक पोस्ट अुनसार, बिहिबार स्थानीय समय अनुसार बिहानको ५ बजे ८ ट्रक सैनिकमा करिब ५० सुरक्षाकर्मी उनलाई पक्राउ गर्न पुगेका थिए । उत्तरी दगोनमा रहेको आमाको घरबाट २४ वर्षीय तखोनलाई पक्राउ गरिएको उनको एक आफन्तले बताएको पनि बिबीसीले जनाएको छ ।

इन्स्टाग्राममा १० लाख बढी फलोअर्स रहेका तखोनको फेसबुक अकाउन्टलाई सेनाले ब्लक गरेको छ । यसैगरी उनको दुई वटा मोबाइल फोनलाई पनि जफत गरिएको बताइएको छ । तखोनका म्यानमार, थाइल्याण्डलगायत विश्वभर लाखौँ फ्यान छन् ।

म्यान्मारको जुन्ता सरकारले हालसम्म सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ ।

म्यानमारमा सैनिक ‘कू’पछि हालसम्म ६ सय जना हिंसामा ज्यान गुमाइसेका भने हजारौँ सेनाको कब्जामा छन् । म्यानमार सेनाको ज्यादतीलाई लिएर विश्व समुदायले आलोचना गरिरहेको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव