वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

बेलायतमा म्यानमारका राजदूतलाई दूतावास छिर्न दिइएन, कारमा रात बिताए

बेलायतमा म्यानमारका राजदूतलाई दूतावास छिर्न दिइएन, कारमा रात बिताए

एजेन्सी । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नो राजदूतावास प्रवेश गर्न नदिइएपछि आफ्नो गाडीमै रात बिताएका छन् ।

फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन् ।

उनले यसलाई पनि ‘एक प्रकारको सैनिक कू’ भएको बताएका छन् र यस्ता प्रकारका कू हुने बताएका छन् । ती राजदूत दूतावास बाहिरै प्रहरीहरूसँग कुरा गरिरहेको तस्विरहरु सार्वजनिक भएका छन् ।

राजदूतलाई प्रवेश गर्न नदिइएपछि मेफेअरस्थित दूतावासअगाडि केही प्रदर्शनकारीहरू पनि भेला भएका थिए ।

बेलायती विदेश सचिव डोमिनिक राबले ‘लण्डनमा म्यानमार सैनिक शासन कारवाहीको दाउपेच कार्य’ बताएका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा ‘कू’ गर्दै सत्ता हत्याएको थियो । सैनिकको गोली लागेर अहिलेसम्म झन्डै ६ सय म्यानमारीको मृत्यु भइसकेको छ भने हजारौं पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव