
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटा विजय भएका छन् । उनले ४२९ मत प्राप्त गरी विजय भएका हुन् । उनका प्रतिस्पर्धी दैलेखका विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् । देवकोटा प्रेस युनिएन, प्रेस संगठन र माधव नेपाल समूहको प्रेस चौतारीसहितको प्यानलका साझा उम्मेदवार हुन् । निर्वाचनमा देवकोटा नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।
उपाध्यक्षमा ३१३ मत प्राप्त गरी दैलेखका चक्र केसी विजयी बनेका छन् भने महिला उपाध्यक्षमा ४२८ मत ल्याएर सुर्खेतकी विमला खड्का विजयी बनेकी हुन् । महासचिवमा ४७० मत ल्याएर खगेन्द्रप्रसाद भट्टराई विजयी बनेका छन् । त्यस्तै खुला सचिवमा सुर्खेतका पत्रकार दीपक बुढा (४५१), समावेशी सचिवमा अशोक राजी (४४६), कोषाध्यक्षमा गणेशकञ्चन भारती (४३७) विजयी भएका छन् ।
सदस्यहरुमा ईश्वरीप्रसाद देवकोटा (४०५), कृष्णबहादुर वली (५३६), जीवन शाही (५५२), दीपकबहादुर जोशी (४१०), नन्दराज जैशी (४९६) सुवर्ण शाही (४४७) र सुरेन्द्रबहादुर सिंह (२४६) विजयी भएका छन् । महिला तर्फ चिना विक (५६३), सुरिता बस्नेत (४६३) र देवका लामिछाने (४३७) विजयी बनेका हुन् ।
नयाँ कार्यसमितिको नेतृत्वका लागि हिजो चैत २५ गते निर्वाचन भएको थियो ।