
एजेन्सी । भुटानमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको ९ दिनमा कुल जनसंख्याको ६० प्रतिशतलाई खोप लगाइएको बुधबार त्यहाँको अधिकारीहरुले जनाएका छन् ।
कुल ७ लाख ७० हजारमध्ये ४ लाख ७० हजारले कोभिड विरुद्धको पहिलो चरणको खोप लगाएको अधिकारीले जानकारी दिएका हुन् । भुटानमा भारतद्धारा अनुदानमा दिइएको अक्सफोर्ड–अस्ट्राजेनिकाको खोप लगाउने क्रम जारी छ ।
गत मार्च २७ मा खोप अभियान सुरु गर्दा भुटानले एक सातामा ५ लाख ३३ हजार वयस्कलाई खोप दिने लक्ष्य निर्धारण गरेको थियो, जसमा एक साताभित्रमा गर्भवती महिला, सुत्केरी महिला, केही स्वास्थ्य स्थिति रहेका व्यक्ति तथा गम्भीर रोगबाट ग्रसित व्यक्ति सहभागी छन् ।
यद्यपि, अब यस समय–सीमालाई केही साताका लागि बढाएको छ । अहिले स्वास्थ्यकर्मीहरु ७० वर्षभन्दा माथिका सार्थ अपाङ्गता भएका नागरिकलाई खोप दिनेमा ध्यान केन्द्रित गरिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले बताएका छन् ।
हालसम्म भुटानमा कुल कोरोना संक्रमितको संख्या ८९६ रहेको छ र संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।