वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

सिंगटीको आईपीओ बाँडफाँड भोली, कतिकाे हात खाली ?

सिंगटीको आईपीओ बाँडफाँड भोली, कतिकाे हात खाली ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रबन्धक रहेको मेगा क्यापिटलले भोली आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गर्ने जनाएको छ ।

१६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा अत्याधिक बढी आवेदन परेकाले करिव पौने १४ लाख आवेदकको हात खाली हुने क्यापिटलले जनाएको छ ।

यही चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको आइपिओ निष्काशन गरेको थियो । कुल २९ लाख कित्ता आइपिओ निष्कासन गरेकोमा ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको थियो । बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

सर्वसाधारणलाई खुलाएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन ।

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु