6
Share
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी मुगु सोरू गाउँपालिका वडा नम्बर ८ की ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको घटनामा दोषीलाई कडा सजायको माग गर्दै नेवी संघले प्रदर्शन गरेको छ । नेवीले दोषीउपर कडा कारवाहीको माग गरेको हो । नेविसंघले उक्त घटनाको विरोध गर्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
साथै एक विज्ञप्ति जारी गरी घटनामा संलग्न र दोषीलाई कडा कारवाहीको माग पनि नेवी संघले गरेको छ । अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गर्दछौं ।’
स्थानीय बालज्योति प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत चौलागाईं गत शनिबारदेखि हराएकी थिइन् । उनको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो ।
यस्ताे छ विज्ञप्ति