वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

काजोलदेखि शिल्पासम्म, जसले भोगेका थिए १४ पटक ‘मिसक्यारेज’ को पीडा !

काजोलदेखि शिल्पासम्म, जसले भोगेका थिए १४ पटक ‘मिसक्यारेज’ को पीडा !

काठमाडौं । बलिउड अभिनेत्री महिमा चौधरीले बैवाहिक जीवनमा समस्या आएको खुलासा गरेकी छन् । उनले एक कुराकानीमा बताए अनुसार दुई पटक ‘मिसक्यारेज’ को पीडा भोग्न बाध्य भएकी थिइन् । महिमाले बोबी मुर्खजीसँग विवाह गरेकी थिइन् । उनीहरुको बिवाह केही वर्ष मात्र रह्यो । दुई पटकको ‘मिसक्यारेज’ पछि महिमा तेस्रो पटक आमा बनिन् । उनले छोरीलाई जन्म दिइन् । अहिले उनी एकल महिलाको रुपमा छोरीलाई हुर्काइ रहेकी छन् ।

बलिउडमा ‘मिसक्यारेज’ को पीडा भोग्ने महिमा मात्र होइनन् । उनी बाहेक बलिउडका धेरै कलाकार यस पीडाबाट गुज्रिसकेका छन् ।

काजोल
विवाहको केही महिनामा काजोलले ‘मिसक्यारेज’ को पीडालाई भागेकी थिइन् । काजोल पहिलो पटक सन् २००१ मा गर्भवती भएकी भइन् । तर उनको गर्भ सफल भएन । केही स्वास्थ्य समस्याको कारण ‘मिसक्यारेज’ को पीडा भोग्न बाध्य भइन् । सन् २००३ अप्रिल २० मा काजोल आमा बनिन् । उनले छोरी न्यासालाई जन्म दिइन् । न्यासा ७ वर्षको हुँदा कोजोल फेरी आमा बनिन् उनले २०१० मा छोरा युगलाई जन्म दिइन् ।

शिल्पा शेट्टी
व्यापारी राज कुन्द्रासँग २००९ मे मा विवाह गरेकी शिल्पा शेट्टी आमा बन्दै भन्ने खबर केही महिना मै सार्वजनिक भएको थियो । तर रिपोर्ट अनुसार उनको पहिलो गर्भ ‘मिसक्यारेज’ भयो । त्यसपछि २०१२ मे मा शिल्पाले छोरा वियानलाई जन्म दिएकी हुन् । त्यसको केही वर्षपछि उनी फेरि आमा बन्न] प्रयासमा गरिन् । जुन सफल भएन । त्यसपछि उनले सरोगेसीको सहयोग लिइन् । जसबाट उनको छोरी समिषको जन्म भयो ।

शिल्पा सकलानी
टिभी अभिनेत्री शिल्पा सकलानीले बताए अनुसार उनी विवाह गरेको १५ वर्षसम्म पनि आमा बन्न सकिनन् । उनले एक कुराकानीमा भनेकी छन् –गर्भवतीको लागि मेरो शरीर सक्षम थिए । मेडिकल रिपोर्टमा मलाई केही वर्ष कुर्न भनियो । मैले प्रतिक्षा गरे तर पटक–पटक ‘मिसक्यारेज’ भयो जसको कारण म आमा बन्न सकिन । ’

करिश्मा शाह
कृष्णा र करिश्मा २०१७ मा जुम्लिहा बच्चाको अभिभावक बनेका थिए । बच्चाको जन्म सरोगेसीको मद्दतबाट भएको थियो ।बच्चाको जन्मपछि करिश्माले एक अन्तर्वातामा भनिन्–‘ म फेमिली प्लानिङको लागि कामबाट टाढा भए । मैले आमा बन्ने धेरै कोसिस गरे । १४ पटकसम्म गर्भवती भएँ तर सबै ‘मिस्क्यारेज’ भयो । मेरो स्वास्थ निकै बिग्रियो । त्यो समय मेरो लागि निकै कष्टकर थियो । तर पछि मैले सरोगेसीको मद्दत मागे । अहिले मेरो दुई छोरा छन् ।’

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव