वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

देशभर थपिए ३ सय ३२ जना कोरोना संक्रमित

देशभर थपिए ३ सय ३२ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार आज ४,००६ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा हालसम्म २३ लाख २ हजार १७३ वटा नमुना परीक्षण भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ३०३८ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

आज ७९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २७ हजार ३ हजार ६०८ जना निको भएका छन् ।

हालसम्म १८ लाख छ हजार २३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

 

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव