वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

ओली सरकारमा रहेसम्म संघीयतामाथि प्रहार भइरहन्छः यादव

ओली सरकारमा रहेसम्म संघीयतामाथि प्रहार भइरहन्छः यादव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सरुवातसँगै नयाँ प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा मुलुकले अब नयाँ प्रधानमन्त्री पाउने विश्वास व्यक्त गरे । यसबारे वहस भइरहेको पनि बताए ।

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता यादवले अबको प्रधानमन्त्री कांग्रेस सभापति शेर बहादुर देउवा बन्ने दावी गरे । वर्तमान सरकारको विपक्षमा भएको भन्दै उनले भने, ‘सभापति देउवा भावी प्रधानमन्त्री हुनेछन् । हामी वर्तमान सरकारको विरोधमा छौं ।’

हाल सरकारको विकल्प खोज्ने विषयमा नेपाली कांग्रेस स्पष्ट भएको भन्दै ‘नेकपा (माओवादी केन्द्र) पनि स्पष्ट छ, अलि समस्या जसपामा हो । जतिसक्दो चाँडो ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्छ ।’ ओली सरकार जति दिन रहन्छ त्यति नै संघीयता, संविधानका दफाहरुमाथि प्रहार भैरहने उनले जिकिर गरे । यो सरकार फाल्न कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेको पनि बताए ।

वर्तमान सरकार भ्रष्टाचारमा डुबेको र शान्ति सुरक्षामा निष्कृय रहेको टिप्पणी गरे । ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई विदाई गर्नुपर्नेमा जोड दिए ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु