5
Share
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा विपुल पोखरेल नेतृत्वको प्यानल अगाडि रहेको छ । हाल मतगणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म ७ सय ५५ मत गणना भइसकेको छ ।
यो गणनालाई हेर्ने हो अध्यक्षमा प्रेस संगठनका सूर्य सुवेदीले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी प्रेस चौतारी (ओली पक्ष)का मोहन पन्तले २२९ मत ल्याएका छन् ।
काठमाडौँमा जम्मा १२ सय ३४ मत खसेको थियो । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव नेपाल) लगायतको गठवन्धनको प्यानल अगाडि देखिएको हो ।