वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेः प्रवक्ता श्रेष्ठ

केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले साम्राज्यवादसंग एक्लै लडिरहेको उत्तर कोरिया हामी सबैकोलागि उदाहरण भएको बताएका छन् ।

बिहिबार राजधानीमा जुछे अध्ययन केन्द्र नेपालद्धारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा विश्वको साम्राज्यावाद विरुद्ध आजको दिनमा पनि एक्लै लड्नसक्ने उत्तर कोरिया नेपालका लागि उदाहरण भएको श्रेष्ठले बताए । उनले भने ‘विश्वमा एक छत्र राज गरीरहेको सामाज्यवादका विरुद्ध आज उत्तर कोरिया एक्लै लडिरहेको छ । यो हामी सबैकालागि र नेपालका लागि उदाहरणीय छ । हामीले उसबाट सिक्नु पर्छ ।’

सो कार्यक्रममा विचारधाराको आधार तयार गरेका उत्तर कोरियाका महान नेता किम इल सुङले आफ्नै पनको मौलिक, वैचारिक, आर्थिक, सैदान्तिक रुपमा आफ्नो देशलाई सक्षम बनाएको बताए । देशमा राजनीतिक संकट गहिरिदै जानु , कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै लानुमा मुख्य दोषी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।

आत्मनिर्णयको लागि अध्ययन केन्द्र नेपालले ३५ वर्ष अगाडि देशमा निरंकुश पञ्चायत व्यवस्थाले बोल्न नदिएको अवस्थामा विचारलाई प्रवाह गर्न वेदना पत्रिका मार्फत सिम्मा नाटक, लगायत कार्यक्रम गर्न सफल भएको बताए ।

कार्यक्रमका विशेष अतिथि उत्तर कोरियाका महामहिम राजदुत जो योङ मानले आफ्नो देश साम्राज्यावादीहरुले खडा गरेको कथित संकटपूर्ण अवस्थामा भए पनि समस्या समाधान गर्न र चुनौतिलाइए सामाना गर्न सक्षम हुनेमा विस्वस्त रहेको बताए । कोरियाली महान नेता किम इल सुङको मार्ग निर्देशन र प्रेरणा रहेको उल्लेख गर्दै कार्यक्रम अर्थपूर्ण भएको बताउँदै आयोजकलाई धन्यवाद दिए ।

जुछे विचार अध्ययन केन्द्रका अध्यक्ष नहेन्द्र खड्काले समसामायिक अवस्थामा नेपालको राजनीतिक र नेपालले पनि जनवादी गणतन्त्र उत्तर कोरियाबाट सिक्नु पर्ने बताउँदै उत्तर कोरिया सानो देश भएर पनि आत्मनिभर बन्न सफल भएको बताए । साथै उनले उत्तर कोरिया विश्व सामू साम्राज्यवादको विरुद्ध एक्लो उभिन सक्नु गौरवको कुरा भएको बताए ।

केन्द्रका उपाध्यक्ष तथा पूर्वमन्त्री उमेशकुमार यादवले उत्तर कोरियाबाट धेरै कुरा सिक्नु पर्ने बताए । जुछे विचार धारा पत्रकार अध्ययन केन्द्रका अध्यक्ष तुलसीदास महर्जनले उत्तर कोरियालाई चौतर्फी रुपमा साम्राज्यवादले जकडाएर राखेको भएपनि आत्मनिर्भर देश भएकाले साम्राज्यवादीहरुको षदयन्त्रलाई असफल तुल्याउन सफल भएको बताए ।

साम्राज्यवादी विरोधी मोर्चाका अध्यक्ष तथा स्वतन्त्र पत्रकार नरेन्द्र जंग पिटरले आफू जुछे विचारधाराबाट पे्ररित भएको बताए । उक्त अवसरमा आत्मनिर्भर अध्ययन केन्द्रका अध्यक्ष सुभाष कुमार नेपाल, डिपी ढकालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव