वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

गृहमन्त्रीले गुमाए सासंद पद, मन्त्रीबाट पनि हट्दै

गृहमन्त्रीले गुमाए सासंद पद, मन्त्रीबाट पनि हट्दै

काठमाडौं । माओवादी केन्द्रले दल त्याग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्ने पत्र संसद् सचिवालयमा दर्ता गराएको छ ।

राष्ट्रिय सभाका माओवादी संसदीय दलका नेता दिननाथ शर्माले कारबाहीको पत्र दर्ता भएको जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल त्याग गरे वा पार्टीले कारबाही गरेर निष्कासित गरे सांसद् पद गुम्नेछ  भने सांसद् नभएको व्यक्ति ६ महिनाका लागि मात्रै मन्त्री हुनेछ ।

बादलले अब मन्त्री नै हुनका लागि पदबाट राजीनामा दिएर पुनः मन्त्रीको सपथ लिनुपर्नेछ । यसरी मन्त्रीको सपथ लिएपछि उनले ६ महिनाभित्रमा सांसद् पद नदेखाए अहिलेको प्रतिनिधिसभा कायम रहेसम्म फेरि मन्त्री हुन पाउने छैनन् ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो