वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निकै महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । महासंघको ५५औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आर्थिक रुपान्तरण–२०३० पुस्तक भिजन पेपर को सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको भिजन पेपरमा सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार सय अर्ब डलर पुर्याइने उल्लेख गरिएको छ ।

महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार गरेको हो । महासंघको भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य महासंघले राखेको छ ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो