वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

मतगणना विवादः प्रहरीद्वारा लाठ्ठीचार्ज

मतगणना विवादः प्रहरीद्वारा लाठ्ठीचार्ज

जनकपुरधाम । जनकपुरमा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद मच्चिएको छ । गोपाल धर्मशालामास्थित मतगणना स्थलमा खसेकोभन्दा बढी मतपत्र बाहिरिएको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् । अहिले उक्त मतगणना स्थल तनावग्रस्त बनेको छ । निर्वाचन आयोगले धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले नारावाजी गरेपछि त्यहाँ बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो ।

बरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेका बेला खसेको भन्दा बढी मतपत्र बाहिरीएको विपक्ष उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरको आरोप छ । उनीहरुले निर्वाचन समितिको विरोध गर्दै मतगणना स्थलमा टायर बाल्दै प्रदर्शन गरेका छन् भने उनीहरु ढुंगामुढासमेत गरेका छन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ । घटनामा केही प्रदर्शनकारी घाइते भएको समाचार छ ।
यता निर्वाचन समितिले भने भण्डारी पक्षले हार्ने निश्चित भएपछि जबर्जस्ती विवाद सिर्जना गरेको आरोप लगाएको छ ।

उद्योग वाणिज्य संघको अध्यक्षमा जितेन्द्र महासेठ विजयी बनेका छन् भने उपाध्यक्ष पदको मतजणना हाललाई स्थगित बनेको छ ।

तस्वीरः सुमित मिश्रबाट

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने