वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने पुनः बढाउने कांग्रेसको तयारी

क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने पुनः बढाउने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने तयारी तयारी गरेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा धेरै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरण नसकिएकाले यसको अवधि बढाउने बिषयमा छलफल भएको हो ।

यसअघि कांग्रसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको थियो । तर थप गरिएको समयमा पनि उक्त काम सम्पन्न नभएकाले यसलाई थप गर्ने बिषयमा बैठकमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकालाई असर नपर्ने गरि सदस्यता वितरण र नवीकरणको अवधी बढ्न सक्ने उनले बताए । पदाधिकारीको प्रस्ताव सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा लगिने उनको भनाई छ । त्यस्तै उनले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि अन्य दलहसंग छलफल भएकाले माओवादी र जसपाले पार्टीभित्र छलफल गरेपछि पुन उनीहरुसंग छलफल गरिने जानकारी दिए ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि यसअघि कांग्रेस माओवादी र जसपासंग सयुक्त छलफल गरेको थियो । आइतबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमासभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी भएनन् ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो