वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले अवको निर्वाचनमा नेकपा एमालेको दुईतिहाई मत आउनै नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर कमिटिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पुनले भने, ‘नेकपा पुनः दुई पार्टीमा बिभाजित भएको छ, नेकपा एमालेभित्र पनि दुई पक्ष छन्, यस्तो अवस्थामा ओलीले सेटिङ नगरे दुई तिहाइ ल्याउन सक्दैनन् ।’

नेता पुनले शनिबार सम्पन्न पत्रकार महासंघको निर्वाचनले पनि माओवादी केन्द्र नेपाली राजनीतिको निर्णायक शक्ति हो भन्ने पुष्टि गरेको बताए ।

‘पत्रकार महासंघको निर्वाचनलाई मानिसहरुले मिनि जनमत संग्रह भनिरहेका छन् । स्थानीय चुनावमा माओवादी केन्द्र काँग्रेससँग मिल्यो स्थानीय तहमा अधिकाँश स्थान जित्यो, माओवादी र एमालेको गठवन्धन भयो संघीय संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत आयो, अहिले पत्रकार महासंघको चुनावमा पत्रकारहरुकाबीचमा भएको गठवन्धनले माओवादी नेपाली राजनीतिको निर्णायक शक्ति हो भन्ने देखाएको छु नेता पुनले भने ।

भोलीका दिनमा पनि माओवादी केन्द्र र नेकपा एमाले फेरी ध्रुविकृत हुनै पर्छ । यो ऐतिहाँसिक आवश्यकता हो ।’ उनले भने,  ‘समाजवादी सोच र कार्यक्रमले मात्रै समाजवादी क्रान्ति सफल हुन सक्छ । हामी आज जहाँ छौं त्यहीबाट हामीले अघि बढ्ने पहल गर्नुपर्दछ ।’

नेता पुनले  स्थानिय तहको चूनावमा पार्टीलाई मजबुद बनाउन अव शसक्त भएर लाग्नुपर्ने धारणा राखे ।

 

 

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना