वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादवले सत्ता साझेदारीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन पहिला आफूलाई मनाउनुपर्ने धारणा राखेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरलले ओलीलाई साथ दिने वा नदिने भन्ने निर्णय उनको हातमा भएको भएपनि त्यसका लागि पहिला आफूलाई मनाउनुपर्ने बताएका छन् ।

ओलीले आफुहरुको माग पूरा गर्न थालिसके भन्ने महन्थको भनाईप्रति उनले भने, ‘ओलीले हाम्रो माग पूरा गर्न लागेको भए यसबारे पहिला हामीलाई कन्भिस गर्नुप¥यो, त्यत्तिकै ओलीको सति जान लाग्या त होइन होला, त्यसमा केही त छ । त्यसबारे पार्टीमा कन्भिन्स गर्नुप¥यो ।’

अहिले सत्तासाझेदारीमा ओलीलाई साथ दिने वा प्रचण्डलाई भन्नेभारे पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिनभित्र एकमत बाहिर आउने उनले बताए ।

जसपामा अध्यक्ष ठाकुर ओलीतिर ढल्किएका छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराई भने ओलीसँग सहकार्य गर्न नसकिने तर्क गर्दै आएका छन् । उनीहरु माओवादी र कांग्रेसलाई साथ दिने तयारीमा छन् ।

सर्वोच्च अदालत भन्यो – गुरुयोजना बनाएर कोरोना नियन्त्रणमा खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु!

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो