वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको चरम उन्मादमा लागेर राम्रो नराम्रो छुट्याउन नसक्ने अवस्थामा पुगेको बताए ।

चन्द्रपुरमा आयोजित नेकपा एमाले रौतहटको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीको बुद्धी बिगिँ्रदा मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाए । उनी बसेको कुर्सीमा धेरै गर्मी भएर सत्ताको उन्माद लागेकाले प्रधानमन्त्री ओलीले सत्य असत्यको पहिचान गुमाइसकेका छन् । नेपालले भने, ‘ओलीको कुतर्कले मुलुकमा यो दुर्गती बढेको छ ।’

ओलीमा अहंकार र सत्ताको चरम गर्मीले बुद्धी बिग्रीएको आरोप लगाए ।

नेता नेपालले आफू अहिले पदका लागि नभई पार्टी र मुलुकलाई बचाउने अभियानमा जनताको माझमा आईपुगेको स्पष्ट पारे । ओलीसँग आफ्नो कुनै रिसिइवी नरहेको भन्दै उनको सिद्धान्त, सत्य न्यायको लागि पार्टीलाई बचाउने अभियानमा लागेको बताए ।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले दिएको म्याण्डेडलाई कायम राख्न र ओलीबादको कारण एमालेलाई जोगाउन राष्ट्रिय अभियानमा आफू निस्किएको भन्दै पार्टीलाई जिवन्त राख्दै यहाँसम्म पुर्याउन मदन भण्डारीपछि आफूहरु लाग्नुपर्ने धोरणा व्यक्त गरे ।

प्रदेश नम्वर २ का अध्यक्ष तथा पार्टीका नेता घनश्याम भुसालले मुलुकको हितका लागि प्रधानमन्त्री केपी ओलीलाई अगुवा बनाएको तर अहिले ओलीले पाटी विपरित कार्य गर्न थालेको उल्लेख गरे । ओलीलाई ‘तपाईले गलत गर्नुभयो’ उल्टै विभिन्न धम्की आउने तथा डर धाक देखाउने जस्ता प्रवृति यतिखेर हावी हुँदै गएको टिप्पणी गरे । उनले ओली र ओली पक्षको यस्तो कदमको आलोचना गरे ।

ओलीवादीबाट पार्टीलाई बचाउन आफूहरु देशभरी नै अभियान संचालन गरेर संगठनलाई बलियो बनाउने कार्यमा लागेको बताए ।

कार्यक्रममा सांसद सरला यादव, कल्याणी खड्का, रामकुमार भटराई, कमल यादव, नागेन्द्र चौधरी, युवा नेता शम्भु साह सहितका नेता तथा उल्लेख्य संख्यामा एमाले कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना