वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

काठमाडौं । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । नेपाल इन्फ्रास्टक्टर बैंकको आईपीओ परेपछि अहिलेसम्म हात खाली हुने गरेको लगानीकर्ताहरुको गुनासो छ । अंकित मूल्य एक सय रूपैयाँमै भर्न पाइने आईपीओ त्यसयता कति कम्पनीले खोले न्यूनतम कित्ता खोले । जसले गर्दा लगानीकर्ताहरुको हात खाली हुन पुग्यो ।

त्यसैको पछिल्लो उदाहरण हो ज्योति लाइफ इन्स्योरेन्स कम्पनी । जसमा ३ करोड ८० लाख कित्ता आईपीओका लागि १८ लाख बढीले आवेदन दिएका थिए । जसमध्ये १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाए भने करिब १२ लाख बढीको हात खाली भएको थियो ।

अहिले आईपीओ भर्नेको संख्या १८ लाख नाघिसकेको छ भने डिम्याट एकाउन्ट बनाउनेहरु पनि ३३ लाख नाघेका छन् ।

अहिले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि १६ कम्पनीहरु लाइनमा छन् । जसमध्ये १२ वटा जलविद्युतका छन् भने २ वटा लघुवित्त र २ वटा अन्य कम्पनी छन् । दुईबोर्डले अनुमति दिएको दुई महिनाभित्र कम्पनीले आईपीओ निष्कासन गर्छ ।

कुल ५ करोड ८८ लाख ५४ हजार १८५ कित्ता आइपिओ निश्कासनको लागि बोर्डमा आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले कुल ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर निष्कासन हुनेछ ।
कुन कम्पनीले कति कित्ता आईपीओ जारी गर्ने ?

साहस ऊर्जा कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी एक करोड ५ लाख कित्ता सेयर निश्कासन गर्नेछ। बिक्री प्रबन्धकका रूपमा एनआइबिएल एस क्यापिटलले जिम्मा लिएको छ ।

मध्य भोटेकोसी जलविद्युतले एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति मागेको हो । बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल छ।

न्यादी हाइड्रोपावरले प्रभावित क्षेत्र र सर्वसाधारणका लागि कुल ४० लाख ५० हजार कित्ता आइपिओ निश्कासनको अनुमति मागेको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल हो ।

हिमालयन हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि कुल २२ लाख ५० हजार कित्ता सेयर निश्कासनको अनुमति मागेको छ। बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ।

विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल २५ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ। बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ।

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता निश्कासनका लागि आवेदन दिएको छ।
साम्लिङ पावरले स्थानीय र सर्वसाधारणका लागि १२ लाख ३० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट बैंक नियुक्त भएको छ।

सयपत्री हाइड्रोपावरले ९ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । गर्नका लागि आवेदन दिएको छ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल छ।
न्यादी हाइड्रोपावर ४० लाख ५० हजार कित्ता जारी गर्नेछ । बिक्रि प्रवन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ।

बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ जारी गर्नेछ । अपर सोलु हाइड्रो इलेक्ट्रिकले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्नेछ। जीव न विकास लघुवित्तले १९ लाख ७७ हजार ३ सय कित्ता र अर्को मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता आइपिओका लागि बोर्डमा आवेदन दिएका छन् ।

डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन दिएको छ ।

 

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना