वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ मा औधोगिक ग्राम बन्ने भएको छ ।
४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उध्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भैसकेको छ । सम्झौता अनुसार औद्योगिक ग्रामका लागि यस आर्थिक बर्षको लागि मात्रै मन्त्रालयले ९२ लाख उपलब्ध गराउने छ ।
उक्त रकमले यस बर्ष जग्गा तयारी फाउन्डेसन तयारी गरिने नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए । उनका अनुसार औद्योगिक ग्राम भित्र निम्नानुसारका उद्योग हरु खोल्न सकिने छ,
कृषि उत्पादन प्रशोधन उद्योग
डेरी उद्योग
जडिबुटी प्रशोधन उद्योग
काठ तथा बाँस बाट बन्ने उत्पादनमुलक उद्योग
खानी तथा खनिजमा आधारित उद्योग
पानी प्रशोधन उद्योग
विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग
प्राविधिक, सिपमुलक कार्यमा आधारित सामग्री उद्योग
सफ्टवेयर सामग्री उत्पादन
र स्थानीय हरुको मागमा आधारित अन्य उद्योग रहने बताइएको छ ।

आइतबार नगरपालिकाले उक्त क्षेत्रमा प्राबिधिकहरु सहित स्थलगत निरिक्षण गरेको हो ।
नगरपालिकाका अनुसार आगामी हप्ता यसका लागि टेन्डर आव्हान हुनेछ। सम्भवत यो जिल्लाकै पहिलो औद्योगिक ग्राम हुने छ ।

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्गः भौतिक प्रगति ६३ प्रतिशत