वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

अमेरिकी सरकारद्धारा दाङका मोहन डाङ्गीलाई ‘फुलब्राइट स्कलर’ पुरस्कार प्रदान

अमेरिकी सरकारद्धारा दाङका मोहन डाङ्गीलाई ‘फुलब्राइट स्कलर’ पुरस्कार प्रदान

काठमाडौं । हाल अमेरिकामा बसोबास गरिरहेका नेपाल, दाङका मोहन डाङ्गीलाई अमेरिकाको प्रतिष्ठित शैक्षिक पुरस्कार ‘फुलब्राइट स्कलर’ प्रदान गरिएको छ ।

अमेरिकी कंग्रेसद्धारा स्थापना गरिएको ‘फुलब्राइट फरेन स्कलरशिप बोर्ड’को शैक्षिक वर्ष सन् २०२१–२०२२ को यस पुरस्कार नेपालका लागि डाङ्गीलाई प्रदान गरिएको हो ।

अमेरिकामा उन्नत अनुसन्धान र विश्वविद्यालय प्राध्यापन गरेबापत हरेक वर्ष विश्वभरका एक सयभन्दा बढी देशका करिब ८५० संकायका विज्ञ तथा प्राध्यापकहरुलाई ‘फुलब्राइट स्कलर’ पुरस्कार प्रदान गरिन्छ ।

डाङ्गी हाल क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । उनले अमेरिकाकै कोलोराडो स्कूल अफ माइन्स र जोन्स हप्किन्स विश्विद्यालयमा अध्ययन गरेका हुन् ।

यस अन्तर्गत अब डाङ्गीले नेपालमा ७ महिनाका लागि कार्यक्रम सञ्चालन गर्नेछन् । एक ‘ग्रान्ट’को रुपमा डाङ्गी विभिन्न विशिष्ट शैक्षिक कार्यक्रममा सहभागी हुनेछन् । यो कार्यक्रमका लागि विशेष रुपले अमेरिकी संसदबाट वार्षिक रुपले बजेट विनियोजित हुनेगर्छ साथै अन्य साझेदार देश तथा नीजि संस्थाहरुबाट सहयोग उपलब्ध हुन्छ ।

फुलब्राइट विश्वको सबैभन्दा ठूलो र विविध अन्तर्राष्ट्रिय शैक्षिक आदान–प्रदान कार्यक्रम हो जसको उद्देश्य संयुक्त राज्य अमेरिकाका नागरिक र अन्य देशका नागरिकबीच आपसी–समझदारी बढाउँन रहेको छ ।

फुलब्राइटका पूर्व–छात्रहरुमा राज्य प्रमुख, राजदूत, क्याबिनेटका मन्त्री, सिइओ र विश्वविद्यालयका अध्यक्षका साथै प्रमुख पत्रकार, कलाकार, वैज्ञानिक र शिक्षक रहेका छन् । जसमा ६० वटा नोबेल पुरस्कार विजेता, ८८ पुलित्जर पुरस्कार विजेता, ७५ म्याकअर्थर फेलो र नीजि, सार्वजनिक तथा गैर–लाभकारी क्षेत्रका हजारौँ प्रमुखहरु सहभागी छन् । सन् १९४६ मा स्थापना भएयता ‘फुलब्राइट’ कार्यक्रममा चार लाख जना सहभागी भइसकेका छन् । – तस्विरः मोहन डाङ्गी फेसबुक पेजबाट

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा