वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

चिनियाँ लेखक याङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’

चिनियाँ लेखक याङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’

काठमाडौं ।

कहिले पनि जीवन खेर नफाल
कहिले पनि मानवताको परीक्षा नलिनू
स्वयंलाई प्रेम गर्नू
र अरू सबैलाई

चिनियाँ लेखक याङ शिङशियाङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक लोटस शप कोपुण्डोलद्वारा प्रकाशित द्विभाषी सो कृतिमा १३५ थान कविता समाविष्ट छन् ।

नेपाललाई अति माया गर्ने कविको हिमालमाथिको काल्पनिक उडानमा केन्द्रित यी कविता धेरै चिज बनाउने आधुनिक चीनको व्यस्त जीवनमा शान्तिको खोजी पनि गरेका छन् । चिनियाँ जनजीवन, व्यक्तिगत अनुभव, समय यसका विषयवस्तु हुन् । यी कवितामा विश्वव्यापी पहिचान खोजिरहेको आधुनिक चीनको प्रखर र पृथक प्रस्तुति पाइने अनुवादक शर्माले बताए । ‘कवितासङ्ग्रह चीनको विविध अनुहारको प्रस्तुति पनि हो,’ शर्माले भने ।

धेरै पुरस्कारबाट सम्मानित तथा धेरै संस्थासँग आबद्ध शिङशियाङ चिनियाँ साहित्यमा न्यु स्कार कविता आन्दोलनका प्रणेता, साहित्य समालोचक तथा रेनमिन युनिभर्सिटी, बेजिङमा साहित्य विषयका प्राध्यापक पनि छन् ।

शरीर र मासु मैले भन्नैपर्छ
मासुभित्र रहेको जङ्गल
यसको गहिराइमा बस्छ
अनन्त झरना बास गर्छ
अनन्त कालो सङ्गीतका साथ

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा