वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

नेपालकै सबैभन्दा धेरै रेन्ज भएका सि.जी.एयर कुलरहरु बजारमा

नेपालकै सबैभन्दा धेरै रेन्ज भएका सि.जी.एयर कुलरहरु बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सि.जी.ले यो गर्मीयामलाई मध्य नजर गरेर विभिन्न किसिम र प्रकारका आकर्षक एयर कुलरहरु बजारमा उपलब्ध गराएको छ ।

बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सि.जी.ले चार प्रकारमा विभिन्न साईजमा एयर कुलरहरु ल्याएको छ । जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन् । यि कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको छ ।

४० वर्ष भन्दा लामो अनुभव बोकेको नेपालकै पहिलो र एक मात्र आई.एस.ओ. द्धारा मान्यता प्राप्त सि.जी.ले यि कुलरहरु विशेष र अकर्षक विशेषताहरुका साथ बजारमा ल्याएको छ ।

यि कुलरहरुमा रहेको कन्सिल कपर मोटरल,े मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन । अब यि कुलरहरु तपाईले बत्ति नभएको बेलामा पनि इन्र्भटरको सहायताले सजिलै चलाउन सक्नुहुनेछ ।

त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन् । यसमा पावरफुल मोटरको प्रयोग गरिएको छ, जसले गर्दा कुलरले मज्जाले काम गर्दछ । यि एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ । त्यस्तै यसमा अरुपनि धेरै भन्दा धेरै विशेषताहरु रहेका कारण सि.जी.का यि कुलरहरुको पहिचान नै बेग्लै रहेको छ ।

सि.जी. ले यी कुलरहरुमा १२ महिनाको वारेण्टी दिएको छ । ४३ वटा भन्दा बढी सि.जी.का आफ्नै सर्भिस सेन्टरहरु भएका हुनाले तपाईको कुलर बिग्रीएमा पनि टेन्सन छैन । किनकी अब यी सर्भिस सेन्टरहरु मार्फत सजिलै सरल रुपमा मर्मत गरिदिने छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो