वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

स्थायी अन्तरिक्ष स्टेसन निर्माणमा चीनको नयाँ फड्को

स्थायी अन्तरिक्ष स्टेसन निर्माणमा चीनको नयाँ फड्को

एजेन्सी । युरी गागारिनले अन्तरिक्षमा यात्रा गरेको ६० वर्षपछि चीनले यस विषयमा नयाँ कदम चालेको छ । बिहीबार विहान चीनले अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयात्रुहरूका लागि वासस्थान रहने स्थायी स्टेशन निर्माण गर्ने कदम चालेको हो । ‘तियाहे’ नाम दिईएको वासस्थानको अंश बिहीवार वेनच्याङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च-५बी रकेटमार्फत पठाइएको हो।

हेईनान प्रान्तको केन्द्रबाट चीनले अन्तरिक्ष कार्यक्रम संचालन गरेको थियो । यस महत्वकाँक्षी कार्यक्रम सफलतापूर्वक अघि बढेको उपलक्षमा चिनियाँ राष्ट्रपति सि चिनफिङले खुसी व्यक्त गरेका छन् ।

यो अभियानमा सहभागिहरुलाई बधाई दिदै राष्ट्रपति सिले चीनको अन्तरिक्ष स्टेशन निर्माण पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन् ।

चीनले आफ्नै नयाँ अन्तरिक्ष स्टेसन सन् २०२२ मा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

अहिले अन्तरिक्षमा रहेको एक मात्र स्टेसन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन हो जसमा चीनलाई सहभागी गराइएको छैन।

अन्तरिक्ष अन्वेषणमा चीन नयाँ शक्तिसहित अघि बढिरहेको छ । सन् २००३ मा मात्रै चीनले आफ्नो पहिलो अन्तरिक्षयात्री पठाएको थियो। अमेरिका र तत्कालिन सोभियत सङ्घपछि त्यस्तो गर्ने चीन तेस्रो देश बनेको थियो।

अहिलेसम्म चीनले परीक्षणका रूपमा दुई वटा स्टेसन अन्तरिक्षमा पठाएको छ जसमा अल्पकालीन रूपमा अन्तरिक्षयात्रीहरू रहन सक्छन्।

चिनियाँ भाषामा ुस्वर्गमा अमनचैनु अर्थ लाग्ने नाम राखिएको ुतियाहेु अन्तरिक्षमा कम्तीमा १० वर्ष सञ्चालनमा रहने बताइएको छ।

चीनले सो स्टेसनका लागि कम्तीमा थप १० अंशहरू पठाउने छ। सो अन्तरिक्ष स्टेसन पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने छ।

रुस, अमेरिका, क्यानडा, युरोप र जापानको सहभागिता रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनको संलग्नता छैन।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ र त्यसपछि अन्तरिक्षमा एक मात्र स्टेसन चिनियाँ स्टेसन हुने सम्भावना छ।

यो प्रक्षेपणको एक महिनाअघि मात्रै चीन र रुसले संयुक्त रूपमा चन्द्रमाको सतहमा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका थिए।

अन्तरिक्ष कार्यक्रममा ठुलो लगानी खन्याएको चीन सन् २०१९ मा चन्द्रमाको पछाडिको भागमा मानवरहित यान पठाउने पहिलो राष्ट्र बनेको थियो।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना