वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

आफ्नो तलव घटाएर भएपनि नेइमार र हल्याण्ड बार्सिलोनामा भित्र्याउन चाहन्छन् मेसी

आफ्नो तलव घटाएर भएपनि नेइमार र हल्याण्ड बार्सिलोनामा भित्र्याउन चाहन्छन् मेसी

एजेन्सी । विश्व फुटबलका लिग खेलहरु जारी सिजनको अन्तिमतिर पुगिरहेका बेला खेलाडीहरुको किन, बेच तथा ट्रान्सफरका चर्चा र र्युमरहरु सुरु भईसकेका छन् । प्रिमियर लिग, स्पेनिस लिग, सिरी ए, लगायतका लिगका खेल सकिएपछि नयाँ सिजन सुरु हुनुअघि खेलाडीहरुको किनबेच हुने गर्दछ ।

यही मेसोमा समकालिन चर्चित युवा स्टार अर्लिङ हल्याण्डको संभावित ट्रान्सफरबारे चर्चा सुरु भएको छ । हल्याण्ड भित्राउन ठुला र धनी क्लबहरुले चासो दिईरहेका छन् । हल्याण्डका एजेन्टले नै उनको संभावित सरुवाबारे मुख खोजेपछि रुची देखाउनेहरु पनि खुल्न थालेका छन् ।

हल्याण्डका एजेन्ट मिनो रायोलीले उनलाई रियल मड्रिडले खरिद गर्न सक्ने एक अन्तरबार्ताका क्रममा बताएका हुन् । उता रियलको प्रतिद्धन्दी बार्सिलोनाले पनि हल्याण्डमाथि लामो समयदेखि चासो देखाईरहेको छ । कोरोनाको मन्दीले क्लबको अर्थतन्त्र डामाडोल भईरहेका बेला महंगो मुल्यका हल्याण्ड भित्राउन बार्साले नसक्ने अनुमान धेरैको छ । तर यस्तो अवस्थामा क्लबका कप्तान लियोनल मेसीले तलव कट्टा गर्न तयार भएको बताएका छन् । गोल डटकमका अनुसार हल्याण्डलाई भित्र्याउने हो भने आफु तलव कट्टा गर्न तयार रहेको मेसीले बताएका छन् ।

क्लबका नयाँअध्यक्ष जोन तापोर्तो समक्ष मेसीले नयाँ सम्झौता गर्दा तलव कटौती गर्न तयार रहेको प्रस्ताव राखेको युरो स्पोर्टलाई उदृत गर्दै गोलले लेखेको छ ।

बार्सिलोनाले महत्वकाँक्षी योजना अघि ल्याएर हल्याण्ड जस्ता खेलाडी नभित्र्याउने हो भने मेसीले नयाँ सिजनमा क्लब छोड्न सक्ने गोलले उल्लेख गरेको छ । मेसीका पुराना साथी ब्राजिलियन डानी आल्भेसले भने मेसीले बार्सिलोना छोडेमा पछुताउनुपर्ने भन्दै नछोड्न सुझाव दिएका छन् ।

यसैबीच बार्साका नयाँ अध्यक्ष लापोर्तोले ब्राजिलियन स्टार नेइमारलाई क्लबमा फिर्ता ल्याउन चाहेको बताएका छन् । उता अध्यक्ष लापोर्तोले बार्सिलोनाको लिजेण्ड गोलकिपर भिक्टर भाल्डेजलाई युवा टिमको गोलकिपर प्रशिक्षकका रुपमा बार्सिलोना फिर्ता गर्न लागेको खबर आएको छ ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना