वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

एनएसएल फुटबल : पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै

एनएसएल फुटबल :  पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज एक खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल दुवै टोलीका लागि जितको दवाव छ ।

पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित रहेको ललितपुरले त्यसयता २ खेलमा बराबरी खेलेको छ । तीन खेलबाट २ अंक जोडेको ललितपुरका लागि शीर्ष चारभित्र अटाउन बाँकी तीनै खेलमा जित अनिवार्य रहनेछ ।

पोखराले पहिलो खेलमा बुटवल लुम्बिनीसँग पराजय ब्यहोरे पनि त्यसयता एउटा जित र एक बराबरी खेल्दै ४ अंक जोडेको छ ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो