वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

'शंकर पोखरेलमाथि नैतिकताको प्रश्न उठ्यो' -नेता पुन

0
'शंकर पोखरेलमाथि नैतिकताको प्रश्न उठ्यो' -नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि नैतिकताको प्रश्न उठेको बताएका छन् । नेकपा एमालेको ओली पक्षभित्र पनि मुख्यमन्त्री पोखरेल आशा लाग्दा नेता भएको स्मरण गर्दै नेता पुनले प्रदेशमा भएको पछिल्लो घटनाले पोखरेलमाथि नैतिकताको प्रश्न उठेको बताएका हुन् ।

प्रदेश सरकारमा बहुमत गुमाएपछि राजीनामा दिनु उनको संवैधानिक र लोकतान्त्रिक विकल्प भएपनि त्यसो नगरेर पोखरेलले अनैतिक काम गरेको नेता पुनको भनाई छ ।

सोही प्रदेश अन्तरगतको रोल्पा जिल्लाका जनप्रतिनिधिसमेत रहेका नेता पुनले भने, ‘लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आशा गरिएका नेता हुन र आफूले प्रदेश सभामा बहुमतको बिश्वास गुमाएपछि राजिनामा र प्रस्तावित नेतालाई मार्गप्रशस्त गर्नु संबैधानिक,लोकतान्त्रिक र राजनीतिक नैतिकता होइन ? समयले शंकरजीसँग प्रश्न गरेकोछ ।’

लुम्बिनी प्रदेश सरकार विरुद्ध आज बोलाईएको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेश गर्ने तयारी थियो । सो प्रस्ताव पारित भए पद गुमाउने देखेपछि मुख्यमन्त्री पोखरेलले चलाखीपूर्ण ढंगले आजै पदबाट राजीनामा दिए । प्रदेश सभामा रहेका ८१ सांसदमध्ये आफ्नै पार्टी एमालेको ४१ सांसद रहेको दावी सहित उनले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरेका थिए । तर उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सांसद विमला ओली माओवादी केन्द्रमा प्रवेश गरिन् ।

एमालेकै अन्य ३ सांसदले मुख्यमन्त्री पोखरेललाई साथ नदिने जनाउ दिदै माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरे । तर त्यस लगत्तै एमालेकै कोटाबाट प्रदेश प्रमुखले पोखरेललाई पुन नियुक्ति दिलाए । केसीको नेतृत्वमा सरकार गठनका लागि दावी गरिएको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ ।

पत्रमा एमाले तर्फका सांसदहरु तारा जिसी, धर्म बहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि हस्ताक्षर गरेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएको घोषणा गरेका थिए ।

 

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना