वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

गाली र ताली झेल्दै प्रियंकाको ‘बेबी–बम्प’ तस्विर

गाली र ताली झेल्दै प्रियंकाको ‘बेबी–बम्प’ तस्विर

काठमाडौं । अभिनेत्री प्रियंका कार्की विशेष त विवादको कारण चर्चामा आउने गरेकी छन् । उनले दिएको अन्तर्वाता होस् या सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर हरेकले चर्चा बटुलेकै हुन्छ ।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । उनी विहानको समय तथा रातको समय हरेक समय विभिन्न प्रकारको बेबी–बम्पवाला तस्बिर सेयर गरिरहेकी हुन्छिन् ।

हालसालै प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक बेबी–बम्पवाला तस्बिर पोष्ट गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

तस्बिर उनले विदेशी नक्कल गर्दै बनाएकी हुन् । जसले एकैसाथ गाली र ताली दुबै पाइरहेको छ । तस्बिरका कारण उनी ट्रोलको सिकार समेत भएकी छन् । कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् । तस्बिरमा सर्वसाधारणले दिएको प्रतिक्रियामा प्रियंकाले कुनै जवाफ दिएकी छैनन।

 

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो